Logo
Logo

भक्तपुर क्याम्पसमा नेविसंघको लफडा


1.3k
Shares

भक्तपुर । भक्तपुर बहुमुखी क्याम्पसमा मतान्तर बढी भएपछि नेविसंघले लफडा गरेको छ । भक्तपुर बहुमुखी क्याम्पसको स्ववियू निर्वाचनको गणना गर्दा गर्दै २ सयभन्दा बढी मत अन्तरले नेविसंघ पछाडि परेपछि मतगणना स्थलबाट लफडा भएको हो ।

स्ववियूको निर्वाचन सम्पन्न भएपश्चात बनाइएको आचारसंहिता अनुसार नै मतगणना हुँदै गर्दा नेविसंघका उम्मेदवार २ सयभन्दा बढी मतान्तरले लिड गरेपछि विभिन्न बहानाबाजी गर्दै नेविसंघका गणनामा बसेका प्रतिनिधिहरू उठेर हिँडेका हुन् ।

समानुपातिक र प्रत्यक्ष तर्फका मतहरू एक अर्का बाकसमा पनि हुन सक्ने र सो मत सदर मानिने भनिएको थियो । तर, समानुपातिकको मतपेटिकामा भएको प्रत्यक्ष तर्फको ३ मत प्रत्यक्षतर्फ गणना गरी रहेको स्थानमा ल्याएपछि विवाद भएको थियो ।
विवादका बिच नेक्राविसंघका गणनामा बसेका प्रतिनिधि तथा उम्मेदवारहरू गणना स्थल छोडेर नारा बाजी लगाउँदै बाहिरिएपछि ५९ मत गन्न बाँकी हुँदा गणना स्थगित भएको गणनामा बसेका एक प्रतिनिधिले बताए । आफू हार्ने पक्का पक्की भएपछि नेक्राविसंघले लफडा गरेको विद्यार्थीहरू बताउँछन् ।

२०६० साल देखि लगातार स्ववियू सभापति विजयी हुँदै आएको नेक्राविसंघ अघिल्लो पटक २०७९ देखि स्ववियू बाहिर भएको थियो । नेविसंघ र अनेरास्ववियू संयुक्त प्यानल निर्वाचनमा होमिएपछि यो पटक पनि नेविसंघ स्ववियू बाहिर हुने पक्का पक्की भएपछि उनीहरूले विभिन्न बहाना गर्दै आएको अनेरास्ववियूका एक नेताले बताए । २०६० सालमा नेक्राविसंघ दुई टुक्रा भएको नेविसंघको एक खेमा साथमा लिएर स्ववियू सभापतिमा विजयी भएको थियो ।

यस्तै, २०६२ र २०६५ सालमा अनेरास्वीयूलाई साथमा लिएर २०७३ मा नेविसंघ सँग संयुक्त प्यानल बनाएर नेक्राविसंघ नेपाल भरमा एक मात्र क्याम्पस भक्तपुर क्याम्पसमा आफ्नो बर्चस्व कायम गर्दै आएको थियो ।

अघिल्लो निर्वाचनमा नेविसंघ र अनेरास्ववियूको प्यानल निर्वाचनमा होमिएपछि स्ववियू बाहिर भएको नेक्राविसंघ यो पटक पनि नेविसंघ र अनेरास्वीयूको नै प्यानल भएपछि आफू यो पटक पनि स्ववियू बाहिर हुने पक्का पक्क भएपछि मतगणनामा लफडा गर्दै आएको विद्यार्थी नेताहरू बताउँछन् ।

३ मत बढी आएपछि यो कसरी आयो ? भन्ने विषयमा विवाद भएको नेविसंघका एक नेताले बताए । उनका अनुसार आचार संहिता अनुसार गणना भएको छैन । समानुपातिक मतपेटिकामा भएको प्रत्यक्ष मत बढी मत हो यो कसरी आयो यहाँ धाँधली भएको छ भन्दै हामी गणना स्थलबाट बाहिरिएको उनको भनाई छ ।

कुन मत सदर हुने कुन बदर हुने भन्ने विषयमा सहमति भएको भए पनि समानुपातिकको मतपेटिकामा फेला परेको मत बढी नै भएको मत भएका कारण आफूहरूको यसमा विमति भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्