काठमाडौँ । सरकारले रामनवमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यही चैत ४ गतेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो ।
बैठकले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा बैतडीका दिनेशप्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको सरकार प्रवक्ता गुरुङले बताए ।
त्यस्तै, नेपाली सेनातर्फ उपरथी पदमा एउटा विशेष बढुवा, एउटा सहायक रथी पदमा बढुवा लगायतका विभिन्न ११ वटा निर्णय सो दिन बसेको मन्त्रिपरिषद् बैठकले गरेको थियो ।
उक्त बैठकका निर्णयहरू बुधबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।
यस्ता छन् मन्त्रिपरिषद् निर्णयहरूः















