Logo
Logo

पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारी विजयी


2k
Shares

पाल्पा । पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा  अखिल क्रान्तिकारी विजयी भएका छन् । बुधबार सम्पन्न मतगणनामा अखिल क्रान्तिकारीका मिलन घर्ति मगर विजयी भएका हुन् । कूल खसेको १२२८ मतमा ३९० प्राप्त गरी विजयी घर्ति मगर भएका हुन् ।

यस्तै, निकटतम प्रतिद्धन्द्धी नेपाल विद्यार्थी संघका कृष्ण अर्यालले ३४२ मत प्राप्त गरे । निर्वचन अधिकृत जीवनबहादुर थापाका सचिव पदमा नेपाल विद्यार्थी संघका सुशील बस्याल निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका विपिन पंगेनीले ३३२ मत पाए ।

कोषाध्यक्षमा नेपाल विद्यार्थी संघकी मिस्मा रानाले ४१६ मत पाइन् भने उनका निकटतम् प्रतिद्धन्द्धी गंगादेवी बाह्घरेले ३४५ मत पाएकी छन् ।

सदस्यहरूमा नेविसंघकी आशिका विश्वकर्माले ३९०,ज्योति दर्लामीले ४२६,तोरण रास्कोटीले ३८७, नविन थापा ३९८, बबिता थापाले ४०५, सुजल भटराईले ४५२ र अखिल क्रान्तिकारीकी इच्छा थापाले ३६० मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत थापाले जानकारी दिए । त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा स्ववियुका लागि भएको मतदानमा १ हजार २२८ मत खसेको थियो । कुल मतदाता विद्यार्थी १ हजार ८९४ रहेका थिए ।

रामपुर नगरपालिकास्थित शहिद बहुमुखी क्याम्पसमा भने मत गणना स्थगित भएको छ । ७१३ मतदाता रहेको क्याम्पसमा ५७१ मत खसेको थियो । जसमा ९७ मत गणना गर्न बाँकी रहदा बिबाद उत्पन्न हुँदा प्रहरीले हवाईफायर गरेपछि मनगणना स्थागित भएको छ ।

प्रतिक्रिया दिनुहोस्