Logo
Logo

कोरिया जान पाउनुपर्ने माग गर्दै प्रदर्शन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २४ असार । रोजगारीको लागि दक्षिण कोरिया जान पाउनुपर्ने माग गर्दै बुधबार प्रदर्शन गरिएको छ । कोरियामा रोजगारीका लागि जान सम्पूर्ण प्रक्रिया पूरा गरी उडानको पर्खाइमा रहेका युवायुवतीले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन ।
सरकारले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सम्पूर्ण उडान बन्द भएपछि इपिएस पाससहित सम्पूर्ण प्रक्रिया पूरा गरी बसेका उनीहरुले सरकारले उडान सञ्चालन नगरे संघर्ष गर्ने चेतावनीसमेत दिएका छन् ।
प्रदर्शनमा सहभागीले कि रोजगारी दिुनपर्ने कि कोरिया जान दिनुपर्ने र र कोरियाको लागि अन्तर्राष्ट्रिय उडान नियमीत गर्नुपर्ने लगायतका माग राख्दै प्रदर्शनी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्