Logo
Logo

स्वईच्छाले ‘अंगदान गर्न पाउने कानून संशोधन आवश्यक’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २५ असार । मिर्गौला तथा अंगदानसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा सहभागीहरुले स्वईच्छाले अंगदान गर्न पाउने कानून संशोधन आवश्यक रहेको बताएका छन् ।
संचार केन्द्र नेपालले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि पूर्वस्वास्थ्य मन्त्री खगराज अधिकारीले अंगदानसम्बन्धी कानून संशोधनको प्रक्रियामा लैजानुपर्नेमा जोड दिए । उनले अंगदान सम्बन्धी जनचेतना जगाउन आवश्यक रहेको पनि बताए । साथै, मष्तिष्कघात सम्बन्धी कानूनमा समेत परिमार्जन आवश्यक रहेको बताउँदै उनले भने, ‘यस्तो कानुनले धेरै मिर्गौला विरामीलाई जोगाउन सकिन्छ ।’
कार्यक्रमामा नेपाल बार एशोसियसनका महासचिव लिलामणी पौडेले मिर्गौलाले विरामी बाँच्न पाउने अधिकारको रक्षा गर्दै स्वइच्छाले अंगदान गर्न पाउने कानून संशोधन गर्नु आवश्यक रहेको बताए । भक्तपुर मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. प्रेमराज ज्ञावलीले नेपालमा रहेका मिर्गौला प्रत्यारोपणको पर्खाइमा बसेका विरामीलाईं जोगाउँन मष्तिष्कघात भएका व्यक्तिहरुको अंग झिकेर अर्को मिर्गौला विरामीलाई प्रत्यारोपण गर्न असहज भएकाले सहज वातावरण मिलाइदिन सम्वन्धित मन्त्रालयको ध्यानाकर्षण गराउँदै मष्तिष्कघात सम्बन्धी कानून संशोधन गरेर मिगौला रोगीको उपचारलाई प्रभावकारी गराउन सकिने उनले बताए ।
सो कार्यक्रममा मिर्गौला तथा अंगदान राष्ट्रिय अभियान नेपालका संयोजक रेणुका भट्टराईले मिगौलापीडितको तर्फबाट बोल्दै अंगदानसम्बन्धी कानून संशोधन गरी मिर्गौला बिरामीलाई बचाउन सम्बन्धित निकायलाई अनुराध गरेकी छन् । संचार केन्द्र नेपालका अध्यक्ष गोविन्द चौलागाईको सभापतित्वमा सम्पन्न सो कार्यक्तममा कन्जुमर आईका महासचिव रन्जन खनाल, स्वास्थ पत्रकार पदमराज जोशीलगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्