Logo
Logo

नयाँ आईजीपीलाई गृहमन्त्रीको निर्देशन, ‘शान्ति सुरक्षामा विशेष ध्यान दिनुहोस् ।’


- दृष्टि न्युज/संवाददाता


 

काठमाडौं, २५ असार । गृहमन्त्री रामबहादुर थापाले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । बिहीबार गृहमन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री थापाले महानिरीक्षक क्षेत्रीको कार्यकाल शान्ति, सुरक्षा तथा अमनचयन कायम गर्न उत्कृष्ट हुने विश्वास व्यक्त गरे ।


संघीय संरचनाअनुसार प्रहरी समायोजन काम टुंगोमा छिटो पुग्नेगरी काम गर्नसमेत उनले निर्देशन दिए । गृहमन्त्री थापाले भन्, ‘राज्यले विकास र समृद्धिलाई प्राथमिकतामा राखेको छ, त्यसका लागि शान्ति सुरक्षा अनिवार्य शर्त हो, विशेष ध्यान दिनुहोस् ।’
गृहसचिव महेश्वर न्यौपानेले पनि महानिरीक्षक क्षेत्रीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै टिम वर्कमा काम गर्न निर्देशन दिए । महानिरीक्षक क्षेत्रीले आफू गृह मन्त्रालयप्रति आभारी रहेको र आफ्नो कार्यकालमा इमान्दारीपूर्वक राज्यले दिएको जिम्मेवारीलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्