Logo
Logo

किष्ट अस्पतालमा भर्ना भएका चार बिरामीलाई कोरोना संक्रमण


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ, २५ असार ।

ललितपुरको ग्वार्कोस्थित किस्ट अस्पतालमा उपचाररत ४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पाटन अस्पतालमा गरिएको परीक्षणमा एक गर्भवतीसहित चार जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

संक्रमितमध्ये २९ वर्षकी गर्भवती महिला, ज्वरो आएर आइसोलेनमा भर्ना भएका ११ वर्षका बालक, पथरीको समस्या भएका ६५ वर्षका पुरुष र दमको समस्या भएकी ६६ वर्षकी महिला रहेको अस्पतालले जनाएको छ।
बिहीबार उपत्यकामा पाँच जनामा सक्रमण देखिएको छ । उपत्यकामा आन्तरिक संक्रमण फैलदै गएको पाइएपछि परीक्षण बढाउन लागिएको छ ।

प्रतिक्रिया दिनुहोस्