Logo
Logo

लकडाउनमा दुई आईजिपीको अंकमाल


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २५ असार ।
बिहीबारदेखि नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले कमाण्ड सम्हालेका छन् । बिहान गृह मन्त्रालयमा फुली लगाएका उनले दिउँसो प्रहरी प्रधान कार्यालयमा आएर कार्यभार सम्हालेका छन् ।


गृह मन्त्रालयमै उनका लागि बधाई र शुभकामना कार्यक्रम राखिएको थियो । जसमा सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीले पनि बधाई दिए । सशस्त्र प्रहरीका एआईजीहरु समेत मन्त्रालय पुगेका थिए ।


बधाई दिने क्रममा सशस्त्र प्रहरीका महानिरीक्षक खनालले क्षेत्रीलाई अंगाले हाले । लकडाउनमा सामाजिक दुरीमा जोड दिइरहेका बेला सुरक्षा निकायका प्रमुखले नै यसरी नियम पालना नगरी अँगालो हालेर बधाई साटासाट गरेको फोटो सशस्त्र प्रहरीकै फेसबुकबाट सार्वजनिक गरिएको छ । जसलाई धेरैले अनौठो मानेका छन् । दुई आईजिपीले अंकमाल गरेर दुई संगठनभित्र भातृत्व देखाउन खोजेपनि लकडाउनको समयमा गलत सन्देष प्रवाह भएको छ ।

प्रतिक्रिया दिनुहोस्