Logo
Logo

अमेरिकासँग वार्ताको कुनै अर्थ छैन : उत्तर कोरिया


- दृष्टि न्युज/संवाददाता


प्याङयोङ, २६ असार (एजेन्सी) । उत्तर कोरियाली नेता किम जोङ अनकी बहिनी किम यो जोङले अमेरिकासँगको वार्ताको कुनै काम नरहेको बताएकी छन् । उनले अमेरिकासँग हुने भनिएको अर्काे उच्चस्तरीय वार्ताको कुनै अर्थ नहुने बताएकी हुन् । उनको यो भनाई पछि अमेरिका र उत्तर कोरियाबीच तत्कालै कुनै पनि वार्ता नहुने देखिएको समाचारमा जनाइएको छ ।
दक्षिण कोरियाको योनहाप समाचार समितिले उत्तर कोरियाको सरकारी समाचार समिति, केसिएनएलाई उद्धृत गर्दै जनाएअनुसार किम यो जोङले उत्तर कोरियाले अमेरिकासँग गर्ने भनेको अर्काे वार्ताको कुनै काम नरहेको बताएकी हुन् । उनले अब अमेरिकासँग अर्काे वार्ता अनावश्यक हो र यस्तो प्रयोगबिहीन वार्ता गर्न पनि नहुने उहाँले बताउनुभएको समाचारमा जनाइएको छ । उनले यी दुई देशले वार्तामा बसेर निश्कर्ष निकाल्न पनि नसक्ने भएकोले यस्तो वार्ता अनावश्यक भएको समाचारमा उल्लेख गरिएको छ ।
अमेरिका आफ्नो अडानमा मात्र टाँसिएर बस्ने भएकोले वार्ताका माध्यमबाट निश्कर्ष निकाल्न नसकिएको उनको भनाई छ । केही दिनमात्र अघि पनि उत्तर कोरियाको विदेशमन्त्रालयका संयुक्त राज्य अमेरिका विभागका प्रमुख नोन जोङ गनले अमेरिकासँग वार्ता गर्न इच्छुक नरहेको बताएका थिए ।
उनको सो भनाइको केही दिनमात्र पछि किम यो जोङले शुक्रबार यो धारणा राखेका हुन् । उनको यो धारणासँगै उत्तर कोरिया आगामी दिनमा अमेरिकासँग हुने भनेको वार्तामा बस्न इच्छुक नहुने देखिएको हो । केही समयअघि दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले अमेरिकाको आगामी राष्ट्रतीय निर्वाचनअघि अमेरिका र उत्तर कोरियाबीच वार्ता हुने अनुमान गरिएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्