Logo
Logo

एआईजी बढुवाको तयारी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २६ असार ।
नयाँ प्रहरी महानिरीक्षक नियुक्तपछि सरकारले एआईजीमा पनि बढुवाको तयारी गरेको छ ।
नेपाल प्रहरीमा हाल एआईजीका दुई पद रिक्त छन् ।


दुई पदमा तीन डिआईजीबीच चर्काे प्रतिस्पर्धा छ । बरियता, कार्यक्षमता र योग्यताका आधारमा निरजबहादुर शाही र प्रद्युम्न कार्की स्वभाविक उम्मेदवार हुन् । तर, जुनियर डिआईजी विश्वराज पोखरेल जसरी पनि अहिले एआईजी हुने दौडमा छन् । जसकारण प्रतिस्पर्धा पेचिलो बनेको छ। आईजिपी बढुवामा बरियता र कार्यक्षमतालाई आधार बनाएर निर्विवाद भएको भन्दै प्रचार गरिरहेको सरकारलाई एआईजी बढुवामा संगठनको चेन अफ कमाण्ड बिग्रने गरी निर्णय गर्न नैतिक रुपमा समेत गाह्रो छ ।
एआईजी बढुवालाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको पहिलो परीक्षा ठानिएको छ । स्रोतका अनुसार गृहले एआईजी र डिआईजी पदमा बढुवाबारे तयारी गर्न उनलाई भनिसकेको छ । एआईजी बढुवा भएको अवस्थामा डिआईजीका तीन पद रिक्त हुनेछन् । जसमा आईजिपीकै ब्याचका एसएसपीहरु दाबेदार छन् ।
असारभित्र बढुवा नभएपछि कात्तिकमा पुग्ने भएकाले बढुवाका दाबेदारहरुको दौडधुप बढेको छ ।

प्रतिक्रिया दिनुहोस्