Logo
Logo

पौष्टिक आहार खान मात्रै होइन, पकाउन पनि जान्नुस्  


378
Shares

काठमाडौँ । स्वस्थ जीवनका लागि पौष्टिक आहार अत्यन्त महत्त्वपूर्ण छ। यसले हाम्रो शरीरलाई आवश्यक ऊर्जा प्रदान गर्दछ। भिटामिन, खनिज र एन्टिअक्सिडेन्टजस्ता पोषक तत्त्वहरू हाम्रो स्वास्थ्यको लागि अत्यन्त आवश्यक छन्। स्वस्थ र ताजा घरमै पकाइएको खाना सेवन गर्नुको महत्त्व कति छ ? तर, यसका लागि प्रयोग गरिने सामग्री र खाना तयार गर्ने विधि पनि अत्यन्त महत्त्वपूर्ण हुन्छ।

कसरी खाना पकाइन्छ भन्ने कुरा त्यसको पौष्टिकतामा ठुलो प्रभाव पार्न सक्छ। खाना पकाउँदा मानिसहरूले अनजानमा गरिएका केही सामान्य गल्तीहरूले खानाको पौष्टिक तत्त्वमा कमी ल्याउँछन्। आज हामी तपाईँलाई केही यस्ता सामान्य गल्तीहरूको बारेमा बत्ताउँछौँ जसले तरकारीको पोषक मूल्यलाई कम गर्छ।

१. धेरै पकाउनु

तरकारीलाई स्वादिष्ट बनाउन मानिसहरू प्रायः यसलाई लामो समयसम्म पकाउँछन्। तर, लामो समयसम्म पकाउँदा वा भुटेर राख्दा तरकारीमा पाइने भिटामिन, खनिज र इन्जाइमजस्ता पोषक तत्त्वहरूको मात्रा घट्न जान्छ। विशेष गरी हरियो पातदार तरकारीहरूलाई अधिक पकाउँदा उनीहरूको पौष्टिक मूल्य निकै घट्छ। त्यसैले, तरकारीलाई अधिक पकाउनु हुँदैन।

२. उच्च तापमानमा पकाउनु

खाना पकाउँदा उच्च तापमापको प्रयोग गर्दा केही पोषक तत्त्वहरू नष्ट हुन सक्छन्। यसैले, तरकारीलाई सधैँ कम तापमानमा पकाउनु राम्रो हुन्छ। कम तापमानमा पकाउँदा पोषक तत्त्वहरू नाश हुँदैनन् र खाना अझ स्वास्थ्यकर हुन्छ।

३. तेलको अत्यधिक प्रयोग

अत्यधिक तेल प्रयोग गर्दा खानामा क्यालोरीको मात्रा बढी हुन्छ र खाना अत्यधिक तैलीय बनिन्छ, जुन स्वास्थ्यको लागि फाइदाजनक हुँदैन। त्यसैले, तेललाई सीमित मात्रामा मात्रै प्रयोग फाइदाजनक मानिन्छ । 

४. धेरै पानीमा पकाउनु

यदि खाना पकाउँदा धेरै पानी प्रयोग गरिन्छ भने, यसले तरकारीमा भएका पोषक तत्त्वहरूलाई कम गर्न सक्छ। यसैले, तरकारीलाई उमाल्नुको सट्टा बाफमा पकाउनु उचित हुन्छ। त्यस्तै, तरकारी उमालेको पानीलाई सुप वा सस बनाउन प्रयोग गर्न सकिन्छ।

५. तेलको पुन: प्रयोग

धेरै मानिसहरूले पहिले प्रयोग गरिएको तेललाई पुनः प्रयोग गर्छन्, जस्तै भटुरा वा पुरी बनाएको तेल। यो न केवल खानाको पौष्टिक मूल्यलाई असर गर्छ, बल्कि जलेको तेलको पुनस् प्रयोग स्वास्थ्यका लागि हानिकारक हुन सक्छ। त्यसैले, तेलको पुन: प्रयोग नगर्नु राम्रो हुन्छ। सम्पूर्णतया, पौष्टिकता कायम राख्न, खाना पकाउने विधि र सामग्रीको चयन महत्त्वपूर्ण छ।

प्रतिक्रिया दिनुहोस्