काठमाडौं । एनआईसी एशिया बैङ्कले आफ्ना ग्राहक तथा इसेवा वालेट प्रयोगकर्ताहरूलाई बैंकिङ्ग कारोबारलाई अझ सरल र सहज बनाउन नयाँ सेवा सुरु गरेको छ। अब बैङ्कका ६७० एटिएमहरूबाट एटिएम कार्ड बिना नै इसेवा वालेटमा रहेको रकम सजिलै निकाल्न सकिने छ।

सेवा उपयोग गर्ने प्रक्रिया:
सेवा एपमा लगइन गरी Financial Payments अन्तर्गत रहेको ATM Withdrawal विकल्प छनौट गर्नुहोस्।
एन आई सी एशिया बैङ्क रोजेर रु. १,०००, रु. २,०००, रु. ३,०००, रु. ४,००० वा रु. ५,००० मध्ये कुनै एक रकम चयन गर्नुहोस्आ
वश्यक विवरण (Remarks) राखी अगाडि बढ्नुहोस्।
इसेवा पिन प्रविष्ट गरेपछि मोबाइल नम्बरमा OTP कोड प्राप्त हुनेछ।
एन आई सी एशिया बैङ्कको एटिएममा Cardless Withdrawal विकल्पमा जानुहोस्।
Other Cardless छानेर त्यसपछि इसेवा चयन गर्नुहोस्।
मोबाइलमा प्राप्त OTP कोड प्रविष्ट गरी प्रक्रिया पूरा गरेपछि रकम प्राप्त हुनेछ।
यो प्रक्रियाबाट प्रति दिन अधिकतम ५ पटक कारोबार गरी रु. ५,००० सम्म निकाल्न सकिने। मासिक रूपमा अधिकतम ५० पटक कारोबार गरी रु. २५,००० सम्म निकाल्न सकिने। यो नयाँ सेवा मार्फत इसेवा प्रयोगकर्ताहरूलाई अझ सहज र छिटो बैंकिङ्ग अनुभव प्रदान गर्ने लक्ष्य बैङ्कले लिएको छ।














