Logo
Logo

नागरिक लगानी कोष र सभापोखरी हाइड्रोपावरबीच सेयर प्रत्याभूति सम्झौता


189
Shares

काठमाडौं । नागरिक लगानी कोष र सभापोखरी हाइड्रोपावर लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ। बुधबार भएको सम्झौतामा कोषकी निमित्त कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी र सभापोखरी हाइड्रोका प्रबन्ध निर्देशक श्रीराम देवकोटाले हस्ताक्षर गरेका छन्।

यस सम्झौताअनुसार, सभापोखरी हाइड्रोले प्रति सेयर रु. १०० को दरले १० लाख ७५ हजार कित्ता सेयर (जम्मा १० करोड ७५ लाख रुपैयाँ बराबर) निष्कासन गर्न लागेका छन्, जसको प्रत्याभूति नागरिक लगानी कोषले गर्नेछ।

प्रतिक्रिया दिनुहोस्