
काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १ हजार २०० रुपैयाँ बढेर हालसम्मकै उच्च भएको हो ।
बुधबार १ लाख ७९ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज तोलामा १ लाख ८० हजार ३०० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
यसैबिच चाँदीको मूल्य भने घटेको छ । बुधबार तोलामा २ हजार २० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।














