Logo
Logo

अभिताभ र अभिषेकपछि ऐश्वर्या र जयालाई पनि कोरोना संक्रमण


- दृष्टि न्युज/संवाददाता


नयाँदिल्ली । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी सासू जया बच्चन पनि कोरोना संक्रमण भएको छ ।
यसअघि शनिबार अमिताभ र अभिषेक दुबैको कोरोना परीक्षणको रिपोर्ट पोजिटिभ आएको थियो । उनीहरु शनिबार नै अस्पताल भर्ना भइसकेका छन् । महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश तोपले जानकारी दिएअनुसार अमिताभको परिवारमा चार जनालाई कोरोना संक्रमण भएको छ ।
ऐश्वर्या र जयाको कोरोना रिपोर्ट आइतबार आएको हो । स्वास्थ्यमन्त्री राजेशले भिडिओ सन्देशमार्फत यसबारे जानकारी दिएका छन् । यससँगै बलिउडका कलाकार अनुपम खेरसहित उनको परिवारका पनि चार जनालाई कोरोनाभाइरसको संक्रमण देखिएको छ । अमिताभको परिवारमा चार जनालाई कोरोना भेटिएको जानकारी सार्वजनिक भएपछि उच्च अधिकारी तथा बलिउडकर्मीहरुले स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्