Logo
Logo

८२ जना संक्रमित थपिए


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २८ असार ।
आइतबार पनि नेपालमा कोरोना संक्रमितको संख्या घटेको छ । ८२ जना मात्र संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो अवधिमा एक सय ४२ जना डिस्चार्ज भएका छन् ।


यो अवधिा परीक्षण भने करिब चार हजारो मात्र भएको छ । नेपालमा १६ हजार ८ सय १ जना संक्रमित भएको ८ हजार पाँच सय ८९ जना डिस्चार्ज भएका छन् । ३८ जनाको मृत्यु भएको छ । हालसम्म दुई लाख ८३ हजारको परीक्षण भएको छ ।

प्रतिक्रिया दिनुहोस्