Logo
Logo

एकैदिन १७०५ डिस्चार्ज, एक सय ४४ संक्रमित थपिए


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २८ असार ।
पछिल्लो २४ घन्टामा देशभरीबाट एक हजार सात सय पाँच जना डिस्चार्ज भएका छन् । एकैदिन यतीधेरै बिरामी डिस्चार्ज भएको पहिलोपटक हो । योसँगै डिस्चार्ज हुनेको संख्या १० हजार दुई सय ९४ पुगेको छ ।


पछिल्लो २४ घन्टामा एक सय ४४ संक्रमित थपिएका छन् । जम्मा संक्रमितको संख्या १६ हजार पुगेको छ । नेपाला हालसम्म २ लाख ८९ जार तीन सय ७१ जनाको परीक्षण भएको छ । पछिल्लो समय आन्तरिक संक्रमण बढेको तर परीक्षण भनेको घटेको छ । २३ हजार सर्वसाधरण अझै क्वारेन्टाइनमा छन् ।

प्रतिक्रिया दिनुहोस्