Logo
Logo

‘फूल बुट्टे सारी’मा धपक्कै सिर्जना…! (भिडियोसहित)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३० असार । नेपाली नारीहरुको महान चाड तीज (हरितालिका) नजिकिँदै जाँदा तीज लक्षित गीतहरु धमाधम रिलिज हुन थालेका छन् । यसैक्रममा गायिका सविना थापाको स्वरमा नयाँ तीज गीत ‘फूल बुट्टे सारी’ सार्वजनिक भएको छ । मंगलबार (आजै) सार्वजनिक गरिएको यस गीतको भिडियोमा मोडल तथा नृत्यांगना सिर्जना किराती फिचरिङ छिन् ।
भिडियोमा मोडल सिर्जनालाई फूल बुट्टे सारीमा निकै खुलेकी छन् । दीया थापा मगरले कोरियोग्राफी गरेको यस भिडियोलाई निर आले मगरले निर्देशन गरेका हुन् ।
विलन थापा मगरको शब्द तथा संगीत रहेको यस गीतको एरेञ्ज पनि विलनले नै गरेका हुन् । यस गीतमा गायिका सविनाको स्वरमा रुपा सिंजाली र प्रेमा रानाले साथ दिएका छन् । एड्भेन्चर इन्टरटेनमेन्टको प्रोडक्शनमा तयार गरिएको यस भिडियोलाई नविन घर्तिमगरले सम्पादन गरेका हुन् ।

भिडियो हेर्नका लागि तल दिइएको लिंक क्लिक गर्नुहोला ।

https://www.youtube.com/watch?v=H_tuZcV10vo

प्रतिक्रिया दिनुहोस्