Logo
Logo

महिलाको अनुहारमा जुँगाको रेखी किन देखिन्छ ?


756
Shares

काठमाडौं । महिलाहरू प्रायः आफ्नो सौन्दर्यप्रति बढी ख्याल राख्छन् । परापूर्व कालदेखि नै महिलाले सोह्र शृङ्गार गर्नुपर्ने परम्परा जस्तो चलिआएको छ ।

आजभोलि सुन्दर देखिनका लागि महिलाहरूले हजारौँ रुपैयाँसम्म खर्च गर्छन् । तर, अनुहारमा आउने अनावश्यक रौँ, विशेष गरी माथिल्लो ओठमा देखिने जुँगाको रेखी, धेरै महिलाहरूका लागि सुन्दरताको बाधक बनेको हुन्छ । 

यद्यपि पुरुषको जुँगाझैँ बाक्लो र गाढा नभए पनि केही महिलामा ओठमाथि जुँगाको रेखी जस्तै देखिन्छ । आखिर महिलामा यो कसरी देखिन्छ र, यसका पछाडि कारणहरू केके छन् जानौँ :

अनुहारमा रौँ देखिनुका मुख्य कारणहरू :

अनुवांशिक कारण

यदि परिवारमा आमा, दिदीबहिनी वा अन्य महिला सदस्यहरूमा पनि अनुहारमा रौँको समस्या देखिएको छ भने, यो अनुवांशिक हुन सक्छ। एशियाली तथा अफ्रिकी मूलका महिलामा यस्तो प्रवृत्ति अलि बढी देखिन्छ।

हर्मोनल असन्तुलन

महिलामा अनुहारमा रौँ बढ्नुको प्रमुख कारण हर्मोनको असन्तुलन हो। विशेषगरी, एण्ड्रोजन ९पुरुष हर्मोन० को मात्रा बढी हुँदा शरीरका विभिन्न भागमा, जस्तै ओठमाथि, रौँ देखा पर्न सक्छ। यो समस्या प्रायः पॉलीसिस्टिक ओभरी सिन्ड्रोम ९एऋइक्० सँग सम्बन्धित हुन्छ, जसले मासिक चक्र गडबड गराउनुका साथै अनुहारमा रौँ बढाउने गर्छ।

औषधि तथा उपचारको असर

केही विशेष प्रकारका औषधिहरू जस्तै: स्टेरोइड, हर्मोन सम्बन्धी औषधि वा केमोथेरापीले हर्मोन सन्तुलनलाई असर पु¥याउन सक्छ, जसको प्रभाव स्वरूप अनुहारमा रौँ बढ्न सक्छ।

अन्य स्वास्थ्य समस्या

थाइरोइडको गडबडी, कुसिङ सिन्ड्रोम जस्ता गम्भीर स्वास्थ्य अवस्थाहरूले पनि हर्मोनको असन्तुलन ल्याएर अनुहारमा अनावश्यक रौँ देखिन सक्छ।

कसरी हटाउन सकिन्छ ?

अनुहारमा अचानक वा अत्यधिक रौँ देखिन थालेमा तुरुन्त विशेषज्ञको सल्लाह लिनु उपयुक्त हुन्छ  । पोषिलो र सन्तुलित खानाले शरीरको हर्मोन सन्तुलन कायम राख्न मद्दत गर्छ । नियमित व्यायामले पनि यो समस्या छुटकारा दिलाउन सक्छ । 
थ्रेडिङ, वेक्सिङ, लेजर ट्रीटमेन्ट जस्ता सौन्दर्य उपचारको विकल्प अपनाएर पनि रौँ हटाउन सकिन्छ ।  तर, दीर्घकालीन समाधानका लागि समस्या जाँच गरिनु आवश्यक हुन्छ । 

स्वास्थ्य परीक्षण

अनुहारमा रौँ अत्यधिक देखिन थालेमा यसको पछाडि कुनै गम्भीर स्वास्थ्य समस्या (जस्तै (PCOS), थाइरोइड आदि) त छैन भन्ने कुरा परीक्षणद्वारा सुनिश्चित गर्नु आवश्यक हुन्छ । 

प्रतिक्रिया दिनुहोस्