Logo
Logo

इन्भेष्टमेन्ट बैंकमा ज्योतिको निरन्तरता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३० असार । नेपाल इन्भेष्टमेन्ट बैंकको कार्यकारी प्रमुख ज्योतिप्रकाश पाण्डेलाई सञ्चालक समितिको बैठकले चार वर्षका लागि कार्यकारी प्रमुखमा निरन्तरता दिएको छ ।

आज बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । पाण्डेको यो तेस्रो कार्यकाल हो । सन् २००१ देखि बैंकमा कार्यरत पाण्डे एक कुशल र व्यावसायिक बैंकर हुन् । पाण्डेको कार्यकालमा बैंकले उल्लेख्य प्रगति गरेको कारण तेस्रो पटक उनको म्याद थपिएको हो ।

इन्डोस्वेज बैंक, हिमालयन बैंक हुँदै नेपाल इन्भेष्टमेन्ट बैंक प्रवेश गरेका पाण्डेसँग तीन दशकभन्दा लामो बैंकिङ अनुभव छ ।

प्रतिक्रिया दिनुहोस्