Logo
Logo

विवादास्पद डिएसपी दोस्रोपटक अख्तियारको फन्दामा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३० असार ।
नेपाल प्रहरीका विवादास्पद डिएसपी रमेश बहादुर सिंह दोस्रोपटक अख्तियार दुरुपयोग अनुसन्धान आयोगो फन्दामा परेका छन् । उमेर सच्याएर जागिर खाएको अभियोगमा नेपाल सिंहविरुद्ध मंगलबार बिशेष अदालतमा मुद्दा दायर भएको छ । २६ वर्षको उमेर हुँदा नागरिकताको प्रतिलिपी बनाई २५ वर्ष बनाएर इन्सपेक्टरमा भर्ना भएका थिए । यसअघि उनी रंगेहात घुससहित पक्राउ परेका थिए ।


नागरिकतामा उनले उमेर सच्याएको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।

उनले २०३२–१०–१२ जन्ममिति राखेर बझाङबाट नागरिकता बनाएका थिए । २०५८ सालमा प्रहरीको इन्सपेक्टर खुल्दा उनी २६ वर्ष पुगिसकेका थिए । त्यसपछि नागरिकता हराएको बहानामा जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट उनले प्रतिलिपि लिए । जसमा जन्म मिति २०३३–१०–१२ बनाइएको थियो । सोही नागरिकताका आधारमा शैक्षिक प्रमाणपत्रहरुमा समेत जन्ममिति सच्याइएको थियो । यसबारे अख्तियारमा उजुरी परेपछि उनी फन्दामा परेका हुन् ।

डिएसपी सिंह इन्सपेक्टरका रुपमा ललितपुरमा कार्यरत रहँदा घुससहित पक्राउ परेकोमा पछि बिशेष अदालतबाट सफाई पाएका थिए । सफाई पाएपछि तत्कालिन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले इप्रका कोहलपुर र बौद्ध वृत्तको जिम्मेवारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्