Logo
Logo

भ्रष्टाचार मुद्दामा पूर्व गभर्नरलाई सफाई


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३० असार ।
भ्रष्टाचार मुद्दा लागेका नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा तिलक रावलले सफाई पाएका छन् ।

पोलिमार नोट छपाइ सम्बन्धि भ्रष्टाचार मुद्दामा पूर्व गभर्नर डा रावल राष्ट्र बैंकको नोट विभागका तत्कालीन प्रमुख उपेन्द्रकेशरी पौडेल र ‘नोट प्रिन्टिङ अस्ट्रेलिया’का नेपाली प्रतिनिधि हिमालयबहादुर पाँडेले मंगलबार बिशेष अदालतबाट सफाई पाएका हुन् ।


न्यायधीश शिवराज अधिकारी, बालेन्द्र रुपाखेती र शान्तिसिंह थापाको इजलाशले मंगलबार सो मुद्दाको फैसला गरेको हो । ५ पुस २०७५ मा अख्तियारले नोट छपाइमा २ करोड ७३ लाख भ्रष्टाचार भएको ठहर गर्दै जनही ९१ लाख ९ हजार बिगो कायम गरी मुद्दा दायर गरेको थियो । अख्तियारको दाबी नपुगेको भन्दै सफाईको फैसला भएको हो ।

प्रतिक्रिया दिनुहोस्