Logo
Logo

सिनियर डिआईजी एआईजी बढुवामा सिफारिस


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३१ असार ।
नेपाल प्रहरीका दुई सिनियर डिआईजी एआईजी बढुवामा सिफारिस भएका छन् । निरजबहादुर शाही र प्रद्युम्न कार्की एआईजी बढुवामा सिफारिस भएका हुन् ।


गृहसचिव महेश्वर न्यौपाने नेतृत्वको बढुवा सिफारिस समितिले बरियता र कार्यक्षमताको आधारमा उनीहरुको नाम सिफारिस गरेको हो । केही जुनियर डिआईजीहरु समेत बढुवाको दौडधुपमा भएपनि अन्ततः सिनियर डिआईजीहरु नै बढुवा सिफारिस भएका छन् । उनीहरु दुवैजना प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याची हुन् ।

प्रतिक्रिया दिनुहोस्