Logo
Logo

शिवम् सिमेन्ट अब मोबाइल एपबाट पनि खरिद गर्न सकिने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १ साउन । नेपालकै अग्रणी सिमेन्ट कम्पनी शिवम् सिमेन्ट्स लिमिटेडले कोभिड–१९को विषम परिस्थितिमा ग्राहकहरुमाझ सिमेन्ट खरिद गर्नका लागि सिमेन्ट जगतमै पहिलोपटक ‘शिवम् मोबाइल एप’ सार्वजनिक गरेको छ । जसअन्तर्गत ग्राहकहरुले गुगल प्लेस्टोर तथा आईओएस एप स्टोरबाट शिवम् मोबाइल डाउनलोड गरी सहज प्रक्रियाका साथ सुपथ मूल्यमा आफूलाई चाहिएको परिमाणमा सिमेन्ट खरिद गर्न सकिने छ । साथै भुक्तानीको लागि खल्ती, इ–सेवा, कनेक्ट आइपीएस वा क्यास अन डेलिभरीको सुविधासमेत उपलव्ध गराएको छ ।

सिमेन्ट जगतमै पहिलोपटक नेपाल गुणस्तर प्रथम अवार्डबाट पुरस्कृत यस सिमेन्ट कम्पनीले निरन्तररुपमा आफ्नो गुणस्तरीय उत्पादन गर्दै आइरहेको छ । कोरोना भाइरसले निम्त्याएको विषम परिस्थितिमा सबैको स्वास्थ्य सुरक्षाको निम्ति आवश्यक सामाजिक दूरी कायम रहोस् र हरेक किसिमका निर्माणहरुले पनि निरन्तरता पाओस् भन्ने उद्देश्यका साथ शिवम् सिमेन्टले यो एप सञ्चालनमा ल्याएको हो । आधुनिक प्रविधिको माध्यमबाट ग्राहकहरुले आफ्नो मोबाइलमा ‘शिवम् मोबाइल एप’ डाउनलोड गरी सुनिश्चित भएर सहज, सरल तथा सुरक्षित तरिकाल घरमै बसेर शिवम् सिमेन्ट अर्डर गर्न सक्ने व्यवस्था मिलाएको हो ।

यस एपको माध्यमबाट ग्राहकहरुले गरेको अर्डरलाई कम्पनीले सहज व्यवस्थापनका साथ उचित मुल्यमा समयमै तोकिएको स्थानमा डेलिभरी दिनेछ । झन्झट रहित सरल अर्डर प्रक्रिया भएको र भुक्तानीका लागि विभिन्न सहज सुविधाहरु भएको हुनाले ग्राहकहरुको लागि शिवम् सिमेन्ट खरिद गर्न यो एप अत्यन्तै प्रभावकारी रहने विश्वास कम्पनीले लिएको छ । यस एप भित्र नै सिमेन्टको निश्चित मूल्य निर्धारण भएको हुनाले ग्राहकहरु मूल्यमा सुनिश्चित रहन सक्नेछन् ।

क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै देशका विभिन्न ठूला राष्ट्रिय गौरवका आयोजनाहरुमा समेत आफ्नो महत्वपूर्ण भूमिका निभाउँदै आएको शिवम् सिमेन्टले ओपिसी सिमेन्ट मात्र उत्पादन गर्दै आइरहेको छ । ‘गुणस्तरको पहिचान हो शिवम्’, ‘गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ’ तथा ‘क्वालिटीको मामलामा नो कम्प्रोमाइज’ जस्ता मूल नाराका साथ अगाडि बढिरहेको शिवम् सिमेन्ट आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्री वितरण र बिक्रीपछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ ।

सन् २००९ मा नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधि उक्त प्लान्टबाट आफ्नै चुनढुंगाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम् प्लस सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको असली ओपिसी सिमेन्ट बन्न सफल भएको छ । एनएस आइएसओ सर्टिफिकेटेड, आइएसओ, आइएसआइ र बिआइएस सर्टिफिकेशन मार्क प्रमाणित तथा नेपाल गुणस्तर चिन्ह प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिँदै आइरहेको कम्पनीले एक विज्ञप्ति प्रकाशित गरी जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्