काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले मङ्गलवार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो ।

निगमले आजै मध्यरातदेखि लागू हुने गरी पेट्रोलको ३.१५ र डिजेल २.६२ रुपैयाँले घटाउने निर्णय गरेको हो।
भारतबाट इन्धनको मूल्य घटेर आएकाले यहाँ पनि सोहीअनुसार समायोजन गरिएको निगमले जनाएको छ । साविकको मूल्यमा प्रति लिटर पेट्रोल, डिजेल र मट्टितेलमा ३ रुपैयाँले घटाइएको छ।
