
काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ हजार ७ सय रुपैयाँ घटेको सुन आज एकैदिन तोलामा २ हजार ७ सय बढेको हो ।
आज सुन प्रतितोला १ लाख ८७ हजार रुपैयाँ कायम भएको महाासंघले जनाएको छ । अघिल्लो दिन मंगलबार सुन एक लाख ८४ हजार ३०० मा कारबोर भएको थियो ।
यता चाँदी १० रुपैयाँ बढेर प्रतितोला १ हजार ९५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेपछि नेपालमा पनि प्रभाव परेको महासंघकाे भनााइ छ।














