Logo
Logo

फेरि बढ्न थाल्यो संक्रमण, १६७ जना थपिए


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १ साउन ।
नेपालमा कोरोना संक्रमण फेरि बढ्न थालेको छ । पछिल्लो २४ घन्टामा एक सय ६७ संक्रमित थपिएका छन् ।


केही दिनयता संक्रमितको संख्या घटेकोमा फेरि बढ्न थालेको जना बढ्न थालेको छ । पछिल्लो समय देखिएका संक्रमितमध्ये धेरै जसो आन्तरिक संक्रमितहरु छन् । लकडाउन खुुकुलो भएसँगै संक्रण बढ्न थालेको हो ।
नेपालमा हालसम्म १७ हजार तीन सय ४४ जना संक्रमित भएकोमा ११ हजार २ सय ४९ जना डिस्चार्ज भएका छन् । ३९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्