Logo
Logo

पाकिस्तानी दूतावासद्वारा एम्बुलेन्स प्रदान


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २ साउन । काठमाडौंस्थित पाकिस्तान राजदुतावासले एक समारोहबीच त्रिवि शिक्षण अस्पताललाई दुई एम्बुलेन्स प्रदान गरेको छ । यी दुवै एम्बुलेन्स सम्पूर्ण आवश्यक मेडिकल उपकरणले सुसज्जित छन् । विगतमा पनि शिक्षण अस्पताललाई पाकिस्तान दुतावासले एम्बुलेन्स प्रदान गर्दै आएका छ ।
सो अवसरमा पाकिस्तानी राजदुत मजहर जावेदले नेपाल र पाकिस्तानका मेडिकल कलेजहरुबीच ठूलो सहयोगको सम्भावना रहेको बताए ।
शिक्षण अस्पतालका कार्यकारी निर्देशक डाक्टर रोहितकुमार पोखरेलले अस्पतालका डाक्टरहरुलाई पाकिस्तानमा उच्च शिक्षाको अवसर प्रदान गरेकोमा पाकिस्तान सरकारप्रति आभार व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्