बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार र बिचौलियाबिच घनिष्ठ सम्बन्ध रहेको आरोप लगाएका छन् ।

भैरहवामा आज प्रेस सेन्टरले गरेको आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले बिचौलियाकै कारण गभर्नर नियुक्तिमा ढिलाइ भएको दावी गरे । सरकारले राम्रालाई नियुक्त गर्नेभन्दा पनि बिचौलियालाई अवसर दिने गरेको उनको आरोप छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डकोले बिचौलियाकै इशारामा सरकारले राम्रा कर्मचारीलाई दुख दिने गरेको पनि बताए ।
सरकार असंवैधानिक भएको आरोप लगाउँदै अध्यक्ष प्रचण्डले भने, ‘वर्तमान सरकार दुईतिहाइको नभई षड्यन्त्र र अपारदर्शीताबाट बनेको हो ।’
उनले कांग्रेस र एमालेका एक दुईजना नेताबाहेक अरूलाई थाहा नदिई अपारदर्शी ढङ्गले बिचौलिया र भ्रष्टाचारीलाई बचाउन ओलीको नेतृत्वमा सरकार बनाइएको दाबी गरे ।











