Logo
Logo

सरकारलाई काम गर्न गाह्रो भए हामी बाहिर बस्छौँ, प्रधानमन्त्रीकै टिम बनाऔँ : विश्वप्रकाश शर्मा


2.1k
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेसका कारण सरकारमा काम गर्न अप्ठेरो भएको भए खुलेर भन्न आग्रह गरेका छन् ।

आफू संलग्न सरकारको सफलताको लागि बोल्नु आफूहरूको कर्तव्य रहेको भन्दै शर्माले काँग्रेस सत्तापक्षकै बेन्चमा बसेर पनि सरकारका कमी कमजोरीप्रति प्रश्न गर्ने ठाउँमा हुनुपर्ने बताए । 

काँग्रेस बाहिरिँदा विपक्षीको बेन्चमा होइन, सत्ता पक्षको बेन्चमा बस्ने, सरकारलाई साथ दिने, कमजोरीप्रति प्रश्न गर्ने शर्माको भनाइ  हरेको छ ।  उनले भने, ‘भोलि काँग्रेसको प्रधानमन्त्री बन्ने बेलामा काँग्रेसको टिम हुन्छ, एमालेले बाहिर बसेर सरकारलाई सहयोग गर्छ, कमी कमजोरीप्रति प्रश्न गर्छ ।’ महामन्त्री शर्माले एमालेको प्रधानमन्त्री हुँदा पूर्ण रूपमा एमालेकै र काँग्रेसको प्रधानमन्त्री हुँदा पूर्ण रूपमा काङ्ग्रेसकै टिम हुने गरी सोच्न पनि आग्रह गरेका छन् ।

जो प्रधानमन्त्री उसैको टिमका लागि नेपाली काँग्रेस तयार रहेको शर्माको भनाइ छ । आफूहरू एकालेको सरकार हुँदा बाहिर बस्न तयार रहेको बरु सरकारलाई सहयोग गर्न साना दलहरूलाई पनि विश्वासमा लिने काम काँग्रेसले गर्ने शर्माको भनाइ रहेको छ । सरकारको सफलताका लागि नराम्रा कामहरूबारे ध्यान दिनुपर्ने बताउँदै उनले चुकेको ठाउँमा आफूहरूले झकझक्याउने बताए । शर्माले अहिलेको समयमा सरकारको काममा गति नभएको भन्दै सरकारले आफ्नो गति बढाउन आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्