Logo
Logo

शिक्षकहरूले आन्दोलन जारी राख्ने 


567
Shares

काठमाडौं । नेपाल शिक्षक महासङ्घले आन्दोलन जारी राख्ने निर्णय गरेको छ । महासङ्घको आज बसेको बैठकले आन्दोलनलाई थप व्यवस्थित गर्ने निर्णय गरेको सह अध्यक्ष नानुमाया पराजुलीले जानकारी दिइन् । उनले आफूले ऐन जारी गर्ने सुनिश्चितता खोजेको  र सरकारबाट विश्वासिलो अपेक्षा राखेका तर, त्यसो नभएको बताइन् । साथै उनले आन्दोलनलाई सरकारले जिम्मेवार भएर नहेको आरोप लगाए । 

सरकारले १२ वैशाखमा संसद्को बर्खे अधिवेशन बोलाए पनि सभामुख देवराज घिमिरेबाट फरक कुरा आएकाले महासङ्घ विश्वस्त हुन नसकेको हो ।

पराजुलीले सभामुखबाट अधिवेशनमा शिक्षा विधेयक टेबल गर्न नसकिने कुरा आएको पनि बताइन् । शिक्षक कर्मचारीको सेवा सुविधाको विषय मन्त्रिपरिषद्बाट निर्णय गराउने भने पनि सरकारले सर्त राखेकाले सहमत हुन नसकेको उनले बताइन् ।

क्याबिनेटले गर्ने निर्णयमा मन्त्रालय तयार भएको तर त्यसमा आफूहरू तयार नरहेको उनको भनाइ छ । आन्दोलन छोडे मात्र मन्त्रिपरिषद्बाट निर्णय गराउने सर्त मन्त्रालयले राखेको गुनासो शिक्षकहरूको छ ।

साथै सरकारले आफूहरूलाई रितै हात घर पठाउन खोजेको तर सरकारलाई आफ्ना मागहरूप्रति  तयार गराएरै छोड्ने पराजुलीले बताइन् । शिक्षकहरूले काठमाडौँमा आन्दोलन थालेको १६ दिन बित्यो तर सहमति हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्