
काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य ८०० रुपैयाँ घटेको हो ।
बिहीबार १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको छ ।
यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज पनि सोही कायम भएको महासंघले जनाएको छ ।