Logo
Logo

‘धवल शम्शेर उपचार नपाएर हिरासतभित्र पीडामा छन्’


2.2k
Shares

काठमाडौं । राजसंस्था समर्थक संयुक्त जनआन्दोलन समितिले प्रहरी हिरासतमा रहेका क्यान्सर पीडित राप्रपा महामन्त्री डा. धवल शम्शेर राणाले उपचार नपाएर पीडादायी अवस्थामा रहेको बताएको छ ।

समितिका प्रवक्ता स्वागत नेपालले एक विज्ञप्ति जारी गर्दै क्यान्सर पीडित राणा उपचार नपाएर प्रहरी हिरासतमा पीडादायी अवस्थामा रहेको बताएका हुन् । साथै उनले तीनकुने गोलीकाण्डका सन्दर्भमा राणालाई झूटो मुद्दामा फसाउन खोजिएको आरोप समेत लगाएका छन् ।

संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजकसमेत रहेका धवलशम्शेर गत चैत १५ गते तीनकुनेको आन्दोलन हिंसात्मक बनेपछि पक्राउ परेका थिए । उनलाई भद्रकालीस्थित प्रहरी परिसरको हिरासतमा राखिएको छ ।

राणालाई यसपूर्व नै आवधिक परीक्षणको लागि चिकित्सकले नै दिएको समयमा भारतको मुम्बईमा उपचारका लागि जानुपर्ने विज्ञप्तिमा उल्लेख छ । ‘त्यसतर्फ फलोअपका लागि जान नदिने षडयन्त्रमा सरकार लागेकोमा आपत्ति प्रकट गर्दै त्यसतर्फ उपचारका लागि पठाउन जोडदार माग गर्दछौँ,’ नेपालले विज्ञप्तिमा भनेका छन् ।

राणाको स्वास्थ्य अवस्था गम्भीर रहेको कारण नियमित उपचार पूर्ववत् चिकित्सक र अस्पतालमै गराउने व्यवस्थाका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय मानवअधिकार समुदायसँग पनि आवाज उठाइदिन पनि विज्ञप्तिमा आह्वान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्