काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक डा. गुणाकर भट्टले राजीनामा दिएका छन् । उनले आजै राजीनामा बुझाएको जानकारी दिएका छन् । गभर्नर नियुक्ति हुने निश्चित भएसँगै उनले राजीनामा बुझाएको बताइएको छ ।

हाल गभर्नर पद रिक्त रहेको छ । भावी गभर्नरमा भट्टको नाम चर्चा आएको छ । सरकारले तीन साताअघि नै गभर्नर नियुक्त गर्नका लागि सिफारिस समिति बनाएको थियो । तर, बुधबार साँझ मात्र सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसबीचबीच गभर्नर कसलाई बनाउने भन्ने विषयमा सहमति भएको थियो ।
अर्थमन्त्रीको संयोजकत्वमा रहेको सिफारिस समितिको बैठक शुक्रबार नै बसेर तीन जनाको नाम सिफारिस गर्ने तयारी भएको छ । भट्टलाई गभर्नर बनाउन कांगेस सभापति शेरबहादुर देउवा सहमत भएका छन् । त्यसैले भट्ट गभर्नर बन्ने निश्चित रहेको स्रोतको दावी छ ।