Logo
Logo

आवासीय चिकित्सकहरुको चिकित्सा शिक्षा आयोगमा धर्ना 


189
Shares

काठमाडौं । चैत्र २१ गतेदेखि आन्दोलनरत आवासीय चिकित्सकहरूले शुक्रवार चिकित्सा शिक्षा आयोग अगाडी धर्ना दिए। उनीहरूले आयोगको १८ औँ बैठकमा एमबीबीएस र बीडीएसको सिट तथा शुल्क बढाउन सिफारिस गरेको कार्यदल खारेजको माग गरेका हुन् ।

स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिका अध्यक्ष डा। शेषराज घिमिरेले, गुणस्तरीय शिक्षामा सम्झौता गरेर चिकित्सकको निर्वाह भत्ता बढाउने प्रस्ताव अस्वीकार्य रहेको बताएका छन् । निजी मेडिकल कलेजका एमबीबीएस सिटहरू अहिले नै अत्यधिक छन्, थप सिटले शिक्षाको स्तर खस्काउने उनीहरूको भनाइ छ ।

२०७२ मा डा। गोविन्द केसीको आन्दोलनपछि सिट सङ्ख्या घटाइएको थियो । हाल निजी मेडिकल कलेज सञ्चालकहरू फेरि सिट सङ्ख्या ५० ले बढाउन दबाब दिइरहेका छन् ।

दुई महिनाअघि आयोगले निजी कलेजमा अध्ययनरत चिकित्सकलाई आठौँ तहसरह सुविधा दिने निर्णय गरे पनि कार्यान्वयन नहुँदा चिकित्सकहरू सडकमा उत्रिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्