Logo
Logo

धवलशमशेर जबरालाई रिहा गर्ने तयारी


2.1k
Shares

काठमाडौं । हिरासतमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवलशमशेर जबरालाई स्वास्थ्य समस्या देखाउँदै छाड्ने तयारी भएको छ । उनलाई उपचारका लागि छाड्ने तयारी भइरहेको स्रोतले जनाएको छ । जबरालाई उपचार लगत्तै उनी पुनः कानुनी प्रक्रियामा ल्याइने तयारीसहित छाड्न लागिएको हो । 

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा राज्य विरुद्धको कसुर अन्तर्गत उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनीसहित वरिष्ठ नेता रवीन्द्र मिश्रलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरी चैत १५ गतेको प्रदर्शनका मुख्य आयोजक दुर्गा प्रसाईँलाई पनि पक्राउ गरेको छ । धवलशमशेर जबरालाई रिहा गर्नको लागि विभिन्न संयन्त्रमार्फत दबाब आइरहेको पनि बुझिएको छ । उनी हिरासतमा रहेका छन् । जहाँ उनलाई भेट्न दिनहुँ पार्टीका नेताहरूको लर्को लाग्ने गरेको छ । तर सोही घटनामा थुनामा रहेका प्रसाईँलाई भने नत कुनै राजनीतिक पार्टी नत राजाको संयन्त्रबाटै दबाब आइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्