Logo
Logo

छुट्टा छुट्टै ठाउँबाट १४ जना जुवाडे प्रकाउ


- दृष्टि न्युज/संवाददाता

0
Shares

  • नन्दा थापा

बाजुरा, २ साउन । एकै दिन सदरमुकाम मार्तडीका छुट्टा छुट्टै ठाउँबाट १४ जना जुवाडे प्रकाउ परेका छन् । सदरमुकाम मार्तडीमा ९ जना जुवाडे पक्राउ गरेका हुन् भने मार्तडीकै बाउली बजारबाट ५ जना पक्राउ परेका हुन् । ९ जना सदरमुकाम मार्तडीको तुफान डाडामा दिउसै जुवा खेलीरहेको अबस्थामा प्रहरीले पक्राउ गरेको हो ।
शुक्रबार दिउँसोे तुफानडाँडास्थित एक होटलमा जुवा खेलीरहेको अबस्थामा गस्तीमा गएको प्रहरीले बिषेश सुराकीको आधारमा प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानबहादुर रोकायाले बताएका छन । उनीहरुको साथबाट १७ हजार ९ सय ७० रुपैयासहित उनीहरुलाई प्रकाउ गरिएको प्रहरी निरीक्षक दान बहादुर रोकायाले बताएका छन ।
त्यस्तै सदरमुकाम मार्तडी नजिकै बाउली बजारबाट पनि आजै थप ५ जना जुवाडे पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । आजै एकै दिन फरक फरक ठाउँबाट गरी १३ जना पक्राउ परेका छन । उनीहरु माथि आवश्यक अनुसन्धान गरी कानुन बमोजिक कारवाही गर्ने तयारी भईरहेको रोकायो बताए ।

वडाअध्यक्ष थापाले जिते कोरोना
कोरोना संक्रमित एक जना जनप्रतिनिधिले कोरोना जीतेका छन् । बुढीगंगा नगरपालिका २ का वडा अध्यक्ष हिरालाल थापाले २८ दिनमा कोरोना जीतेर घर फर्कीएका हुन् । कोभिड १९ को महामरीको कारण चैत्र ११ गते लकगाउन भएदेखी भारत र अन्य जिल्लाबाट आएकाको उद्धारमा लागेका वडाअध्यक्ष थापाको असार ४ गते स्वाव संकलन गरिएको थियो ।
असार १४ गते सेती प्रादेशिक अस्पतालमा परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण देखिएपछि २१ दिनसम्म होम आइसोलेसनमा बसेका थापाको असार २२ गते दोस्रो पटक स्वाप संकन गरि पठाएकोमा साउन २ गते नेगेटिभ आएको बुढीगंगा नगरपालिकाका स्वास्थ्य संयोजक दीपक शाहले बताए ।
२१ दिनको होम आइसोलेसन बसाइपछि कोरोना जितेर घर फर्कने क्रममा वडा अध्यक्ष थापाले कोरोना संक्रमितले न्यानो गरि बस्नु पर्ने र मनोबल उच्च राख्दा कोरोना सजिलै जित्न सकिने बताएका छन् ।
‘अरुको उद्धारको लागि क्वारेन्टाईन ब्यबस्थापनमा खटिएकै समयमा आफू संक्रमित हुन पुगे, अहिले संक्रमण मुक्त हुँदा आफूलाई उच्च मनोबल राख्न प्रेरित गर्ने सबैलाई धन्यवाद दिएका छन् । बडिमालिका खबरसंग कुरागर्दै उनले भने, ’उच्च मनोबल नै कोरोना जित्ने सबै भन्दा ठूलो आधार हो, संक्रमण हुँदैमा नआत्तिऔँ ।’

प्रतिक्रिया दिनुहोस्