Logo
Logo

प्रदर्शनका कारण बानेश्वर–माइतीघर सडकमा चल्ने सवारीसाधन अस्तव्यस्त


315
Shares

काठमाडौं । सडक प्रदर्शनले काठमाडौंको माइतीघर– बबरमहल हुँदै नयाँबानेश्वरसम्म चल्ने सवारी साधनलाई डाईभर्सन गर्दा करिडो क्षेत्र अस्तव्यस्त बनेको छ ।

महानगर प्रहरीका अनुसार अहिले अहिले प्रहरीले मुख्य सडकबाट सवारी डाइभर्सन गरिएको छ । बानेश्वर बिजुलीबजार भएर चल्ने सवारी साधनलाई सिनामंगल, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, थापाथली, रणोदिप र कृष्णपाउरोटी लगायतका स्थानबाट डाइभर्सन गरिएको प्रहरीले जनाएको छ । 

सवारी साधनको संख्या बढ्नुका साथै डाइभर्सनका कारण कोटेश्वर, गौशाला, गौरीघाट, मित्रपार्क, चावहिल, पुरानोबानेश्वर, सोह्रखुट्टे लैनचौर, रणोदिप, कृष्णपाउरोटी, माईतिघर, थापाथली त्रिपुरेश्वर र कुपण्डोल हुँदै चल्ने सवारी साधन क्युमा चलिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्