Logo
Logo

राप्रपा अध्यक्ष लिङ्देनसहित ७ जना पक्राउ


3k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आइतबार काठमाडौंमा गरेको प्रदर्शनका क्रममा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहित सात जना नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रदर्शनका क्रममा सिंहदरबार परिसरमै नाराबाजी गर्दै विरोध जनाइरहेका अध्यक्ष लिङ्देन र उनका सहयोगीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा लिङ्देनसँगै ज्ञानेन्द्र शाही, बुद्धिमान तामाङ, अमर परियार, सरोज घिमिरे, किरण दुवाल र युवा मोर्चाका अध्यक्ष कैलाश कटवाल रहेका छन्

प्रहरी परिसर भद्रकालीका एसपी तथा प्रवक्ता अपीलराज बोहराका अनुसार, सबैलाई जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको छ । राप्रपाले सरकारको नीति र कामकारबाहीको विरोधमा प्रदर्शन गर्दै आएको छ । आइतबारको प्रदर्शनमा सिंहदरबार क्षेत्रमै सरकारविरुद्ध नाराबाजी चलिरहेको बेला प्रहरीले हस्तक्षेप गरेको हो ।

प्रतिक्रिया दिनुहोस्