Logo
Logo

ताप्लेजुङमा जिपमा करेन्ट लाग्दा चार जनाको मृत्यु


1.6k
Shares

फुङ्लिङ । ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा फुङलिङमा बिजुलीको पोलबाट करेन्ट लाग्दा ४ जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।

सदरमुकाम फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जिप सेवारो चोक भन्ने स्थानमा बिजुलीको पोलबाट लत्रिएको तारमा अल्झिएर आगो लागेको थियो । सो घटनामा परी ४ जनाको मृत्यु भएको र २ जना गम्भीर घाइते भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी भीमबहादुर दाहालले जानकारी दिए ।

गम्भीर घाइते दुबै जनालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको उनले बताए । मृतक र घाइतेको परिचय नखुलिसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्