
काठमाडौं । कालीकोटमा ट्याक्टर दुर्घटना चार जनाको मृत्यु भएको छ । पलाँता गाउँपालिकाको थिर्पुबाट छ्लाहा जाँदै गरेको ट्याक्टर पलाँता गाउँपालिका–२ राडुनेटा नजिक दुर्घटना हुँदा चालकसहित चार जनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा पलाँता गाउँपालिका–५का अम्मा शाही, पलाँता गाउँपालिका–४ ३२ वर्षीय शदु बुढा, पलाँता गाउँपाालिका–४ का अन्दाजी २१ रविन्द्र वि.क र ट्याक्टर चालक मुगुको खत्याड गाउँपालिका–५ का २० वर्षीय चन्द्रप्रकाश रोकाया रहेका छन् ।
ट्याक्टर सडकबाट अन्दाजी २ सय मिटर लत भीरमा खसेको जिल्ला प्रहरी कार्यालय कालिकोटका डीएसपी टेकबहादुर रावतले जानकारी दिए । प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाउने सबैको शव अहिले पनि घटनास्थलमै छ ।