Logo
Logo

बेइजिङमा थपिएनन्, चीनभरी १६ जनामात्र संक्रमित भेटिए


- दृष्टि न्युज/संवाददाता


बेइजिङ, ४ साउन (एजेन्सी) । चीनको राजधानी बेइजिङमा शनिबार कोरोनाभाइरसबाट संक्रमणका कुनै पनि विरामी नथपिएको अधिकारीहरुले जनाएका छन् । स्थानीय अधिकारीहरुले आइतबार दिएको जानकारी अन्ुसार निरन्तर पछिल्लो १३ दिनमा कुनै पनि संक्रमित थपिएको छैन ।
‘पछिल्लो १३ दिनसम्ममा बेइजिङ्मा कुनै पनि नयाँ संक्रमित भेटिएका छैनन् भने शनिबार १३ जना संक्रमितहरु संक्रमणमुक्त भएका छन्’ एक अधिकारीले भने । यसैबीच चीनमा देशभरी पछिल्लो २४ घण्टामा १६ जना मात्र संक्रमित भेटिएका छन् । तीमध्ये १३ जना आन्तरिकरूपमा संक्रमित हुन् भने अरु अन्य ठाउँबाट आएका संक्रमित हुन् ।

जोन हकिन्स विश्वविद्यालयले दिएको जानकारी अनुसार विश्वभरी अहिलेसम्म एक करोड ४२ लाख ४१ हजारभन्दाबढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
त्यसैगरी कोरोनाभाइरसकै कारण विश्वभरी अहिलेसम्म छ लाख एक हजार ४५५ जनाको मृत्यु भएको पनि विश्वविद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्