Logo
Logo

सिन्धुपाल्चोकमा बाढीपहिरामा सातको मृत्यु, २३ अझै बेपत्ता


- दृष्टि न्युज/संवाददाता

0
Shares

सिन्धुपाल्चोक, ४ साउन । जिल्लामा अविरल वर्षापछि बाढीपहिराका कारण ७ जनाले ज्यान गुमाएका छन् भने २३ जना बेपत्ता छन् ।
मृत्यु हुनेमा जम्बुका दुई, बुल्कोटका एक, फुल्पिङकट्टीका तीन जना छन् । बुल्कोट र जम्बुमा गत असार २४ गते आएको बाढी र पहिरामा परी मृत्यु भएको हो भने फुल्पिङकट्टीमा असार ३१ गते राति आएको पहिरामा पुरिएर तीन जनाको मृत्यु भएको हो । त्यस्तै मेलम्ची खानेपानी आयोजनाको ढोका फुटेर बगाउँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयले दिएको तथ्यांकनुसार हालसम्म जिल्लामा आएको बाढीपहिराको घटनामा २३ जना बेपत्ता भएका छन् । बुल्कोट घटनामा तीन, जम्बुमा १७, फुल्पिङकट्टीमा दुई र मेलम्ची खानेपानी आयोजनामा ढोका फुटेर बगाउँदा एक जना बेपत्ता भएका छन् । उनीहरुको खोजी भइरहेको छ ।

बाढीपहिराको घटनामा जिल्लामा ६६ घर र एक गोठ पूर्ण रुपमा क्षति भएको छ भने १३९ घर आंशिक रुपमा क्षति भएको छ । त्यसैगरी बाढीपहिरामा १६ सवारीसाधन पूर्ण रुपमा क्षति भएका छन् ।

प्रतिक्रिया दिनुहोस्