Logo
Logo

प्रधानमन्त्रीले शिक्षकहरूको मागलाई कुल्चिए : झलनाथ खनाल


378
Shares

काठमाडौँ । पूर्व प्रधानमन्त्री भलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरूको मागलाई कुल्चिएर हिँडिरहेको आरोप लगाएका छन् । मङ्गलवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै खनालले कम्युनिस्ट पार्टीका नेता प्रधानमन्त्री भएको बेलामा शिक्षकहरू सडकमा रहेको र शिक्षकका मागहरू कुल्चिएर प्रधानमन्त्री हिँडेको आरोप लगाएका हुन् । 

उनले सरकारको मन्त्रीले राजीनामा दिनु झनै दुःखद भएको बताए । उनले अहिलेका नेतृत्वहरूसँग जनता रिसाएको र रिसाएका जनताले के गर्छन् भन्ने कुरा सोच्न नसकिने बताए । 

पूर्व प्रधानमन्त्री खनालले भने, ‘कम्युनिस्ट पार्टीका एउटा नेता यो देशको प्रधानमन्त्री छन् । यो देशका झन्डै अढाई लाख शिक्षकहरू अहिले आन्दोलनमा छन् । सडकमा छन् । तर ती शिक्षकहरूको मागलाई कुल्चिएर यो देशको प्रधानमन्त्री हिँडेका छन् । अझ आश्चर्यको कुरा के छ भने यही क्याबिनेटको शिक्षामन्त्रीले राजीनामा दिन विवश हुनुपरेको छ । उनी शिक्षकहरूको माग अलिकति सम्बोधन गरौँ भन्ने, प्रधानमन्त्री नटेर्ने, त्यो बाध्यतामा शिक्षामन्त्रीले राजीनामा दिनुपर्‍यो । हामीले शिक्षामा प्रगतिशील परिवर्तन गर्छौँ भनेका थियौँ । कुरा कहाँ गयो ।’

प्रतिक्रिया दिनुहोस्