काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य र उमेरबारे चिन्ता नगर्न आग्रह गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अहिले आफ्नो स्वास्थ्य र उमेरको चिन्ता नगर्न आग्रह गरेका हुन् ।

उनले भने, ‘कतिपयलाई मेरो उमेर र स्वास्थ्यको चिन्ता छ। स्वास्थ्यको चिन्ता त पोहोर परार म बिरामी थिएँ। अहिले बिरामी सिरामी छैन । मलाई बुढै देख्न मन छ भने २०-२५ वर्ष पर्खिनुस् न बाबा। बुढो नभई त मान्छे रहनै सक्दैन नि। २०-२५ वर्ष पर्खिनुस् न । किन हतार त । हतार गरेर हुन्छ ? २०-२५ वर्ष ३० वर्ष पर्खिनुस्। अहिले त मेरो बुवा हिँड्दै हुनुहुन्छ लौरो नटेकिकन। मलाई बुढो… के भएका आँखा होलान्र’
‘मेरो बुवालाई भने हुन्थ्यो होला बरु। उमेरका कुरा, स्वास्थ्यका कुरा मेरो बारेमा ?,’उनले भने, ‘ एक दिन हाफ म्याराथुन राखौँ कि क्या हो ?’














