Logo
Logo

आइपिएलमा आज लखनऊ र दिल्ली भिड्दै


441
Shares

काठमाडौं । आज आईपीएलमा लखनऊ सुपर जायन्ट्स र दिल्ली क्यापिटल्स बिच भिडन्त हुँदै छ ।  यो सिजनमा दुई टोलीबिच खेलिएको दोस्रो खेल  हो । यसअघि खेलिएको खेलमा दिल्ली विजयी भएको थियो । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मिनेटमा सुरु हुने छ । 

लखनऊ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सको सामना आफ्नो घरेलु मैदान लखनऊमा गर्नेछ । यो खेल लखनउको भारत रत्न श्री अटल बिहारी वाजपेयी एकाना क्रिकेट रङ्गशालामा खेलिनेछ । यस सिजनमा दुवै टोलीले अहिलेसम्म ५-५ खेल जितेका छन् । साथै, यी टोलीहरू यस सिजनमा दोस्रो पटक एकअर्कासँग आमनेसामने भइरहेका हुन् । आईपीएलमा अहिलेसम्म दुई टोलीबिच ६ खेल भइसकेका छन् । यस अवधिमा दुवै टोलीले ३-३ खेल जितेका छन्। 

प्रतिक्रिया दिनुहोस्