Logo
Logo

मौद्रिक नीतिमा नेपाल चेम्बर अफ कमर्शको यस्तो छ धारणा


- दृष्टि न्युज/संवाददाता


नेपाल राष्ट्र बैंकबाट जारी २०७७/७८ को मौद्रिक नीति, बिद्यमान कोभिड(१९बाट अर्थतन्त्रमा परेको असरका सन्दर्भमा नेपाल चेम्बर अफ कमर्श सकारात्मक रहेको जनाएको छ ।

१. कोभिड–१९को प्रभाववाट धराशायी र शिथिल भएको अर्थतन्त्रलाई गतिशिलता दिने र अर्थ तन्त्रको पुंनरुत्थान गर्ने उद्धेश्यले नेपाल राष्ट्र बैंकद्धारा हालै जारी भएको मौद्रिक नीतिलाई नेपाल चेम्बर अफ कमर्सले सकारात्मक रुपमा लिएको छ ।

२. मौद्रिक नीति तयारीको क्रममा नेपाल चेम्बर अफ कमर्सद्धारा दिइएका सुझावहरु मध्ये करीव ७५ प्रतिशत भन्दा वढिको संवोधन गरिएको छ । कोभिड १९ को विश्वव्यापी महामारीले उत्पन्न आर्थिक संकटका बीच व्यवसायिबाट निकै अपेक्षा गरिएको मौद्रिक नीतिबाट राहत प्राप्त गर्ने कुरामा चेम्वर बिश्वस्त रहेकोे छ ।

३. कोभिड १९ बाट प्रभावित पेशा, उद्यम र व्यवशायको कर्जामा पहुंच अभिवृद्धि गर्न पुंनरकर्जा संम्बन्धि व्यवस्थामा परिमार्जन गर्दै पुंनरकर्जाकोलागी उपलब्ध कोषको ५ गुणा सम्म उपलब्ध गराउने व्यवस्थाले व्यवशायमा सहजीकरण हुने अपेक्षा चेम्बरले लिएको छ ।

४. करिव ३ महिना देखि सम्पूर्ण आर्थिक गतिबिधिहरु लक डाउन भएको अवस्थामा उद्योग व्यवसायका स्थायी खर्चहरुको लागि तरलताको चरम अभाव सृजना भएकावर्तमान अवस्थामा चैत्र महिनाको चालु पुंजीमा २० प्रतिशत थप कर्जा प्रवाह गरिने व्यवस्थाले व्यवसायीहरुलाइ राहत पुग्न गएको छ ।

५. यस विषम परिस्थितिमा कोभिडबाट कम, मध्यम र अति प्रभावित पेशा र व्यवशायमा प्रवाह भएका कर्जाको २०७७ असार मसान्त सम्मको सावा किस्ता र व्याज रकमलाई क्रमशः आगामी पौष मसान्त, चैत्र मसान्त र २०७८ आषाढ मसान्त सम्म भूतmानी गर्न सक्ने व्यवस्था भएकोमा चेम्बरले स्वागत गरेको छ ।

६.कृषि क्षेत्रमा २०८० असार मसान्त सम्म कूल कर्जा लगानीको न्यूनतम १५ प्रतिशत कृषि क्षेत्रमा प्रवाह गर्नु पर्ने ,कृषि विकास वैंकलाई कृषि क्षेत्रको अगुवा बैंकमा विकसित गर्ने, किसान क्रेडिट कार्डको व्यवस्था आदि प्रशंसनीय छन् ।

७. उर्जा क्षेत्रलाई थप गतिशीलता दिन २०८१ आषाढ मसान्त सम्म आफ्नो कूल कर्जा लगानीको न्यूनतम १० प्रतिशत यस क्षेत्रमा लगानी गर्नु पर्ने प्रावधानले थप गतिशिलता आई अर्थ व्यवस्थामा ठोस टेवा पुग्ने अपेक्षा चेम्बरले लिएको छ ।

८. कोभिड(१९ वाट अति प्रभावित पर्यटन लगायत संम्बन्धित क्षेत्रहरुमा पुंनरुत्थानकालागी चांलु पूंजि कर्जा, सहुलियतपूर्ण कर्जा र पुनंकर्जा प्रवाहमा आवश्यकता अनुसार उपलब्ध गराउन मौद्रिक नीतिले प्राथमिकता दिएको अत्यन्तै सह्राहनीय छ ।

९. वाणिज्य वैंकहरुले २०८१ आषाढ मसान्त सम्म लघु,साना एवंम मझौला उद्यमका क्ष्ोत्रमा रु १ करोड भन्दा कमका कर्जाहरु आफ्नो कूल कर्जा लगानीको न्यूनतम १५ प्रतिशत हुने गरी प्रवाह गर्नु पर्ने व्यवस्था विगत भन्दा निकै भिन्न र प्रभावकारी व्यवस्था भएको चेम्बरले महशुस गरेको छ ।

१०. बैंकहरुले कायम गरेको कर्जा पुंजीको अनुपात (सिसिडि)
८५ प्रतिशतमा पु¥याइएको छ । यसबाट लगानी योग्य रकमको अभाव हुन नदिन र यसको ऋणमा व्याजदरमा समेत केही कमी आउने अपेक्षा गरिएको छ ।

११. बैंक तथा वित्तिय संस्थाहरु, विग मर्जरमा गाभिदा विभिन्न प्रकारका सहुलियत दिने व्यवस्था समेत उचित रहेको चेम्बरको बुझाई छ ।

१२. बिगतमा सेवा शुल्क बापत अनियन्त्रित तरिकाले अशुल गरि रहेकोमा मौद्रिक नीतिले वाणिज्य वैंकले अधिकततम ०.७५ प्रतिशत, बिकाश वैंकले १ प्रतिशत र लघु बित्तले १.५ प्रतिशत भन्दा वढि सेवा शुल्क लिन पाउने छैनन भन्ने व्यवस्था अत्यन्त सकारात्मक छ ।

१३. स्प्रेड दर घटाउने बिषयमा चेम्वरको सुझाव रहेकोकम यस बिषयमा मौद्रिक नीति मौन रहेको छ । एकल दरको व्याज कायम गर्न थप मौद्रिक उपकरणहरु आगामी दिनमा परिचालन गरिने छ भन्ने बिषयमा चेम्वर बिश्वस्त रहेको छ ।

१४. समग्रमा मौद्रिक नीति निजी क्षेत्र मैत्री भए तापनी यसको कार्यान्वयन पक्ष निकै चुनौतिपूर्ण देखिन्छ । पुनरकर्जा सम्वन्धी कार्यबिधिहरु सरल,सहज र स्पष्ट हुनु पर्दछ । यस सम्वन्धमा जारी हुने कार्यबिधि छोटो समय (फास्ट ट्रयाक) बाट उद्योगी व्यवसायीले प्राप्त गर्ने प्रक्रियामा आधारित हुनु पर्दछ ।

अन्तमा मौद्रिक नीतिले वित्तिय सन्तुलन कायम गर्दै नेपाल सरकारले लिएको लक्ष्य हासिल गर्न सहयोग पुग्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्