Logo
Logo

सार्वजनिक बिदाबाहेकका दिनमा संसद चल्ने


1.4k
Shares

काठमाडौं । अब शनिबार र सार्वजनिक बिदाबाहेकका दिन संसद चल्ने भएको छ । बुधबार सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँगको छलफलमा यस्तो प्रस्ताव गरेका हुन् । बैठकले उक्त प्रस्ताव अनुमोदन गरेको छ ।

बैठकमा सभामुख घिमिरेले पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकको चापका कारण शनिबार र सार्वजनिक बिदा बाहेकका सबै दिन संसद सञ्चालन गर्ने प्रस्ताव गरेका हुन् ।

सभामुख देवराज घिमिरेले बुधबार प्रमुख सचेतकहरूसँगको छलफलमा पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकको चापका कारण शनिबार र सार्वजनिक बिदा बाहेकका सबै दिन संसद सञ्चालन गर्ने प्रस्ताव गरेका हुन् । बैठकले उक्त प्रस्ताव अनुमोदन गरेको छ ।

सोहीबमोजिमको क्यालेन्डरबारे १२ बैशाख बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा पेस हुनेछ । ‘संसदलाई सरकारको नीति तथा कार्यक्रम, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको व्यवस्था बमोजिम पूर्वबजेट छलफल तथा बजेटको चाप परेको छ’ सभामुख देवराज घिमिरेले भने, ‘विद्यालय शिक्षा विधेयकलाई पनि प्राथमिकताका साथ पारित गर्नुपर्ने दायित्व संसदको छ । शिक्षकहरूले ऐन नलिई जान्न भन्नुभएको छ । उहाँले मलाई समेत भेटेर पहल गरिदिन भन्नुभएको छ ।’

उपसमितिले वैशाख २३ सम्मको समयावधिभित्रै प्रतिवेदन बुझाउने प्रतिबद्धता जनाएको अवस्थामा यसलाई प्राथमिकता दिने गरी संसदले तयारी गरेको उनले बताए ।

जुनसुकै दिन विधेयक संसदमा प्रस्तुत गर्ने गरी क्यालेन्डरमा सुरक्षित गरिने पनि उनले बताए । ‘समितिको प्रतिवेदन आएलगत्तै संसदले पारित गर्ने प्रक्रिया सुरू गर्छ । निजामति विधेयक पनि समितिबाट आउने अवस्थामा छ’ उनले भने, ‘नीति तथा कार्यक्रम र बजेटका प्राविधिक सीमालाई ध्यान दिँदै शिक्षा, निजामति लगायतका विधेयक यही अधिवेशनमा पारित गर्न तयारी अवस्थामा रहनुपर्दछ ।’

प्रतिक्रिया दिनुहोस्