Logo
Logo

पूर्वआईजीपी दुर्लभकुमार थापाको निधन


1.1k
Shares

काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) दुर्लभकुमार थापाको निधन भएको छ । ललितपुरको पाटनस्थित निवासमा ९७ वर्षको उमेरमा पूर्वआईजीपी थापाको निधन भएको हो ।

बुधबार प्रहरी महानिरीक्षक दिपक थापासहित प्रहरी उच्च अधिकृतहरुले प्रहरीको झण्डा ओढाएर पूर्व आईजीपी थापाको अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनको अन्त्येष्टि समेत भइसकेको छ ।

थापा वि.सं २०३५ साउदेखि २०३९ जेठसम्म आईजीपी बनेका थिए । थापाको कार्यकालमा प्रहरीमा कमाण्डो तालिमको सुरुवात भएको थियो भने पर्यटक प्रहरी र प्रहरी पहरा गणको स्थापनामा समेत थापाको योगदान छ ।

पर्यटक प्रहरी र प्रहरी पहरा गणको स्थापनामा समेत थापाको योगदान छ । उनले एसपी छँदा २०२५ सालमा इरानमा भएको इन्टरपोलको ३७औं महासभामा नेपाली टोलीको नेतृत्व गरेका थिए । खड्गजित बरालपछि उनी आईजीपी (२०२९ साउन–२०३५ जेठ) भएका थिए ।

प्रतिक्रिया दिनुहोस्