
काठमाडौैं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त मन्त्रिपरिषद्को वरियताक्रमको आठौँ नम्बरमा अटाएका छन् । भर्खरै मात्रै राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको २ राज्यमन्त्री सहितको २४ सदस्यीय मन्त्रिपरिषद्मा उनी आठौँ नम्बरमा अटाएका हुन् ।
वरियता अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीपछि दोस्रो नम्बरमा उपप्रधान एवम सहरी विकासमँन्त्री प्रकाशनमान सिंह त्यसपछि क्रमसाः उपप्रधान एवम अर्थमन्त्री विष्णुप्रसाद पौडेल, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, गृहमन्त्री रमेश लेखक, श्रम, रोजगार तथा सामाजिक सरक्षामन्त्री शरदसिंह भण्डारी, परराष्ट्रमन्त्री डा.आरजु राणा र शिक्षामन्त्रीमा पन्त छन् ।











